Rumpum

Rumpum Advertisement

राष्ट्रकविप्रति सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त

राष्ट्रकविप्रति सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त

काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाई नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कविवर घिमिरेको हिजो साँझ १०२ वर्षको उमेरमा निधन भएको थियो ।

घिमिरेको अहिले केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।