सुनसरीमा एकै दिन ३५ जनामा संक्रमण पुष्टि

इटहरी, ३ भदौ । कोरोना महामारीको रेडजोनमा परेको सुनसरीमा बुधबार एकैपटक ३५ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीमा कोरोना संक्रमित पुष्टि भएको यो हालसम्मकै उच्च हो ।

बुधबार सुनसरीमा संक्रमण पुष्टि भएकाहरुमा हरिनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकाको चारजना पुरुष, दुहवी नगरपालिकाको तीनजना महिला र आठजना पुरुषसहित ११ जना, रामधुनी नगरपालिकामा दुईजना पुरुष, र बर्जु गाउँपालिकामा एकजना महिला र चारजना पुरुष गरी पाँचजना छन् ।

स्वास्थ्य कार्यालय सुनसरीकी कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या तीन सय ७२ पुगेको छ । आज संक्रमित पुष्टि भएका अधिकांश समुदायस्तरकै व्यक्तिहरू रहेको बताइएको छ ।

Loading...