इटहरीका थप चारमा कोरोना संक्रमण

इटहरी, ३ भदौ । बुधबार इटहरीमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी, दुईजना थुनुवा र अर्का एकजनामा कोरोना देखिएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा इन्चार्ज रामकुमार धमलाले जानकारी दिए ।

अर्का एकजना भने इटहरी–४ का २५ वर्षीय पुरुष रहेका छन् ।

Loading...