Rumpum

Rumpum Advertisement

डब्ल्यूएचओले भन्योः अमेरिकामा संक्रमितको संख्या एक करोड नाघ्ने

डब्ल्यूएचओले भन्योः अमेरिकामा संक्रमितको संख्या एक करोड नाघ्ने

विराटनगर, ३ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड नाघ्ने जनाएको छ ।

बीबीसीमा उल्लेख गरेअनुसार डब्ल्यूएचओले अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १५ लाखसम्म पुग्ने र त्यहाँ चार लाख संक्रमितको मृत्यु हुने जनाएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म ५६ लाख ५५ हजार बढीमा कोरोनाको संक्रमण भइसकेको छ भने एक लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

ब्ल्यूएचओले हिजो मात्र २० देखि ४० वर्षका युवा समूहले आफू संक्रमित भएको थाहा नभएका कारण कोरोनाको संक्रमण संसारभरि फैलाइरहेको चेतावनी दिएका थिए । यी उमेर समूहका युवाहरूले सतर्कता अपनाउनुपर्ने डब्ल्यूएचओको भनाइ छ ।