पार्किन्सन रोगका मुख्य लक्षणहरू

विराटनगर, ३ भदौ । पार्किन्सन रोग एक न्यूरोडिजनेरेटिव डिसअर्डर हो ।

डोपामिन आपूर्ति गर्न नसक्दा डोपामाइन उत्पादन गर्ने मस्तिष्क कोषहरूको हानीको कारण मोटर प्रकार्य बिगार्ने क्रममा गिरावट निम्त्याउँछ र रोग लाग्ने गर्छ । पार्किन्सन रोगका कारण अज्ञात छन् तर अन्वेषकहरूले दुवै आनुवंशिक र वातावरणीय कारकहरू संलग्न रहेको अनुमान गर्छन् । यो रोगबाट पुरुषहरू प्रायः १.५ देखि २ पटक धेरै महिलाहरूभन्दा बढी प्रभावित हुन्छन् ।

पार्किन्सन भएको मानिसको मस्तिष्कले डोपामिन बनाउन छाडेपछि यो रोग अग्रगामी दिशातिर बढ्छ । यो रोग ६० वर्ष पुगेका मानिसलाई लाग्ने बताइन्छ तर, ३० देखि ४० वा सोभन्दा कम उमेरमै पनि लाग्न सक्छ । कम्पन, ढिलो चालढाल, अलचिलो शरीरका अंग र खराब (असन्तुलित) आसन पार्किन्सन रोगका मुख्य चार लक्षण हुन् ।

उपरोक्त चार लक्षणमध्ये तीनवटा लक्षण मिल्न गएमा पार्किन्सन भएको डाक्टरले प्रमाणित गरिदिन्छ । दुई लक्षण मिलेमा पनि पार्किन्सनको रोगीमा वर्गीकरण गरिन्छ । लक्षणहरू बिग्रँदा, हिँड्न, कुरा गर्न र साधारण कार्यहरू पूरा गर्न गाह्रो हुन सक्छ । पार्किन्सन रोगको मुख्य लक्षण चालढालसम्बन्धी हो, मांसपेशी नियन्त्रणको प्रगतिशील नोक्सानी र दिमागमा निरन्तर क्षतिले केही माध्यमिक लक्षणहरू पनि निम्त्याउन सक्छन् ।

चिन्ता, असुरक्षा, तनाव, भ्रम, श्मरण शक्ति हराउने, डिमेंसिया, कब्जियत, डिप्रेसन, निल्न गाह्रो हुने, ¥याल आउने, पसिना आउने, गन्ध महसुस नहुने, घरिघरि पिसाब आउने, छालामा समस्या, बोल्दा सुस्त, शान्त आवाज आउने जस्ता माध्यमिक लक्षणहरू हुन् । यी लक्षणमध्ये सबै पार्किन्नसनपीडितलाई सबै लक्षणले छोएको हुँदैन । पार्किन्सन रोगको हाल कुनै उपचार छैन ।

लक्षणहरूको उचित उपचार र थेरापीको साथ धेरैसो पार्किन्सन रोगीले लामो, उत्पादक जीवन बिताउन सक्छन् ।

Loading...