बढीले १६ घर बगाउँदा चारको मृत्यु, १९ बेपत्ता

विराटनगर, ३ भदौ । अछामको रामारोशन गाउँपालिका–५ मा बाढीले एउटा बस्तीनै बगाएको छ ।

कैलास खोलामा आएको बाढीले १६ घर बगाउँदा चार जनाको मृत्यु भएको छ । बेत्तपामध्ये चार जनाको शव भेटिए पनि १९ जना अझै हराइरहेको प्रहरीले जनाएको छ ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति गरेको छ । प्रहरी अहिलेसम्म घटनास्थलमा पुग्न नसकेका कारण क्षतिको थप विवरण आउन सकिरहेको छैन ।

Loading...