राष्ट्रकविको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ

विराटनगर, ३ भदौ । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा बुधबार बिहान १० बजे राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएका १०१ वर्षका राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा परिचित घिमिरेको जन्म वि.सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

Loading...