११ मा भर्ना भदौ १५ पछि

विराटनगर, ३ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ ।

तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिए । उनले भने, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’’

सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ । विगतका वर्षमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी दुई तीन सातासम्म विद्यार्थीको प्रमाणपत्र विद्यालयमा पठाउने गरी तयारी थालेको छ । यसपछि बल्ल विद्यार्थीलाई भर्नाका लागि औपचारिक बाटो खुल्नेछ ।

यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले अब कक्षा १२ मा जानुअघि नै कक्षा ११ उत्र्तीण गरेको हुनुपर्ने नियम बनाएको छ । विद्यार्थीलाई कक्षा ११ उत्तीर्ण भएको परीक्षाफल दिएपछि मात्रै कक्षा १२ मा लैजान मिल्ने गरी नयाँ प्रावधान बनाइएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...