भारतमा एकै दिन ६५ हजार संक्रमित

विराटनगर, ३ भदौ । संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा एकै दिन कोरोना भाइरसबाट ६५ हजार २२ जना संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा ६५ हजार २२ नयाँ संक्रमित थपिएसँगै भारतमा हालसम्म २७ लाख ६६ हजार छ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । ५३ हजार २३ जनाले ज्यान गुमाइसकेका छन् ।

२० लाख ३७ हजार सात सय तीन जना उपचारपछि निको भएका छन् । छ लाख ७६ हजार नौ सय उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा संक्रमण दर सबैभन्दा धेरै रहेको अमेरिकामा हालसम्म ५६ लाख ५३ हजार तीन सय सातमा संक्रमण पुष्टि भइसकेको छ । एक लाख ७४ हजार नौ सय ४१ जनाको मृत्यु कोरोनाका कारण भएको छ ।

३० लाख दुई हजार पाँच सय चार जना उपचारपछि निको भएका छन् । २४ लाख ७५ हजार आठ सय ६२ जना उपचाररत रहेकोमा १७ हजार तीन सय ५४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन ४८ हजार छ सय ३७ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ३४ लाख ११ हजार आठ सय ७२ पुगेको छ । एक लाख १० हजार १९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

२५ लाख ५४ हजार एक सय ७९ जनाले उपचारपछि कोरोना जितेका छन् । सात लाख ४७ हजार छ सय ७४ जना उपचाररत छन् ।

विश्वमा पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ४८ हजार नौ सय ४७ जना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा संक्रमितको संख्या दुई करोड २२ लाख ९२ हजार चार सय ५५ पुगेको छ ।

सात लाख ८३ हजार तीन सय ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । छ हजार एक सय ३४ जनाको मृत्यु एकै दिन भयो ।

एक करोड ५० लाख २९ हजार दुई सय ७० जना उपचारपछि निको भएका छन् । ६४ लाख ७९ हजार आठ सय ४७ जना उपचाररत रहेकोमा ६२ हजार तीन सय २३ जनाको अवस्था चिन्ताजनक छ ।

Loading...