Rumpum

Rumpum Advertisement

पहिलो हाफमा लेइपजिगविरुद्ध पीएसजीको अग्रता

पहिलो हाफमा लेइपजिगविरुद्ध पीएसजीको अग्रता

एजेन्सी, ३ भदौ । युरोपियन च्याम्पियन्स लिगमा अहिले पहिलो सेमिफाइनल खेल भइरहेकाे छ ।पोर्चुगलको राजधानी लिस्बोनस्थित स्टेडियो डा लुजमा जारी खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लेइपजिगसँग खेलिरहेको छ ।

सो खेलको पहिलो हाफमा पीएसजीले २–० गोलको अग्रता बनाएको छ । खेलको १३औं मिनेटमा मार्किन्होसले एन्जल डी मारियाकाे फ्रिकिकमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

यस्तै खेलको ४२औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीको अग्रता दाेब्बर बनाए । उनले नेयमारको ब्याक पासमा गोल गर्दै पहिलो हाफभरि पीएसजीलाई २–० गोलको अग्रता दिलाए ।

त्यसअघि खेलको पाँचौं मिनेटमा नेयमार गोल गर्नबाट चुकेका थिए । एम्बाप्पेको पासमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

१६औं मिनेटमा एम्बाप्पेले गोल गर्ने मौका गुमाएका थिए ।

यस खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने योजनामा छन् । यसअघि दुवै टोली युरोपियन लिगको फाइनल पुगेका छैनन् ।