रोनाल्ड कोइम्यान बार्सिलोनाका प्रशिक्षक बन्ने पक्का

एजेन्सी, ३ भदौ । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पूर्वखेलाडी रोनाल्ड कोइम्यानलाई प्रशिक्षकमा नियुक्त गर्ने पक्का गरेकाे छ । बार्सिलोनाले क्वीक सेटिनको स्थानमा डच प्रशिक्षक कोइम्यानलाई ल्याउने भएकाे हाे ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले प्रशिक्षक कोइम्यानलाई नेतृत्त्व सुम्पिने पुष्टि गरेका हुन् । बार्टोमेउले ‘बार्सा टिभी’सँग बोल्दै कोइम्यान बार्सिलोनाको प्रशिक्षक हुने बताए । ‘सबै कुरा ठीक भएमा कोइम्यान बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने छन् । उनको अनुभवका कारण उनले बार्सिलोनाको नृतृत्त्व गर्नेछन्,’ उनले भने ।

कोइम्यान बार्सिलोनाको प्रशिक्षक बन्ने लगभग पक्का छ । बार्सिलोनाले चाँडै नै आधिकारिक विज्ञप्ति निकाल्दै बार्सिलोनाले यसबारे पुष्टि गर्नेछ ।

५७ वर्षीय कोइम्यानले बार्सिलोनाबाट ६ वर्ष खेलेका थिए । उनले सन् १९८९ देखि १९९५ सम्म क्याप नाउबाट खेलेका थिए । त्यसबाहेक उनले बार्सिलोनाको सहायक प्रशिक्षक भएर २ वर्ष काम गरेका थिए ।

सन् १९९८ देखि २०० सम्म उनले बार्सिलोनामा सहायक प्रशिक्षकका रूपमा काम गरे । त्यतिबेला बार्सिलोनाको मुख्य प्रशिक्षकमा लुइस भान गाल थिए ।

यता, बार्सिलोनाले यसै सिजन क्याप नोउ आएका ६१ वर्षीय सेटिनलाई पदबाट बर्खास्त गरिसकेको छ । यसै जनवरीमा बर्खास्तमा परेका अर्नेस्टो भाल्भेर्डेको स्थानमा आएका सेटिनले बार्सिलोनामा मात्र ७ महिना बिताए । उनले नेतृत्त्व गरेको सिजन बार्सिलोना उपाधिविहीन बन्यो ।

बार्सिलोनाले आफ्नो चीरप्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई ला लिगाको उपाधि सुम्पियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ गोलान्तरको लज्जास्पद हार ब्यहारेको थियो ।

Loading...