Rumpum

Rumpum Advertisement

पाकिस्तानविरुद्धको सिरिजका लागि इंग्ल्याण्डको टोली घोषणा

पाकिस्तानविरुद्धको सिरिजका लागि इंग्ल्याण्डको टोली घोषणा

एजेन्सी, २ भदौ । इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टोलीको घोषणा गरेको छ । मंगलबार इंग्ल्यान्डले इयान मोर्गनको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

इंग्ल्याण्डले २८ अगस्टबाट पाकिस्तानसँग तीन खेलको सिरिज खेल्दैछ । पहिलो खेल २८ अगस्ट शुक्रबार ओल्ड ट्राफोर्डमा हुनेछ भने यस्तै दोस्रो खेल ३० अगस्टमा तथा तेस्रो खेल १ सेप्टेम्बरमा हुनेछ ।

यी सबै खेल दर्शकविनाको बन्द रंगशालामा हुनेछ ।