टर स्टगन साढे दुई महिना मैदानबाहिर

एजेन्सी, २ भदौ । बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टर स्टगनको दाहिने खुट्टाको घुँडाको शल्यक्रिया भएको छ । मंगलबार डा रामोन कगटले उनको घुँडाको सफल शल्यक्रिया गरेका हुन् ।

अब जर्मन गोलरक्षक टर स्टगनलाई चोटबाट मुक्त हुनका लागि साढे दुई महिना लाग्ने भएको छ ।

बार्सिलोनाले मंगलबार आधिकारिक विज्ञप्ति निकाल्दै २८ वर्षीय गोलकिपर टर स्टगन अढाइ महिना मैदानबाहिर रहने पुष्टि गरेको हो ।

अब उनले नयाँ सिजनको ला लिगाका पाँच खेलसम्म गुमाउनसक्ने देखिएको छ ।

स्पेनिस फुटबल संघले २०२०–२१ को सिजनको ला लिगा १२ सेप्टेम्बरबाट थाल्ने तयारी गरेको भए पनि तालिका अहिलेसम्म तय हुन सकेको छैन ।

Loading...