लकडाउनमा दरबन्दी मिलानको विरोध

विराटनगर, २ भदौ । लकडाउनको समयमा स्थानीय तहले शिक्षकको दरबन्दी मिलानको काम सुरु गरेपछि नेपाल राहत शिक्षक समिति मोरङले विरोध जनाएको छ ।

विद्यालय बन्द भएको तथा भर्ना अभियान सञ्चालन नभएको अवस्थामा दरबन्दी मिलानको काम अघि बढाएको भन्दै विरोध जनाएको हो ।

नयाँ विद्यार्थी भर्ना नभएको अवस्थामा पुरानै तथ्याङकलाई आधार मानेर दरबन्दी मिलान गर्न वैज्ञानिक नहुने नेपाल राहत शिक्षक मोरङका अध्यक्ष अनिलकुमार चौधरी र सचिव लीला आचार्यद्वारारा हस्ताक्षति विज्ञप्तीमा उल्लेख छ ।

समितिले तत्काल दरबन्दी मिलानको काम नरोके पालिकाहरूमा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

Loading...