बर्दियामा दाहसंस्कारकै क्रममा कोरोना पुष्टिको रिपोर्ट आएपछि मलामीको भागाभाग

बर्दिया, २ भदौ । बर्दियामा दाहसंस्कारकै क्रममा कोरोना पुष्टिको रिपोर्ट आएपछि मलामीको भागाभाग भएको छ ।

मधुवन नगरपालिका–९ का ७८ वर्षीय भिमबहादुर डाँगीको दाहसंस्कारकै क्रममा कोरोना पुष्टिको रिपोर्ट आएपछि करिब डेढ सयको संख्यामा रहेका मलामीको भागाभाग भएको हो ।

मंगलबार साँझ गाउँनजिकै कुसुम्बा घाटमा अन्त्येष्टि गर्दैगर्दा मृतकको कोरोना पुष्टिको रिपोर्ट आएको थियो । मृतकका आफन्तले पीसीआर रिपोर्ट नआउँदै चिकित्सकको सल्लाहविपरीत डाँगीको शवलाई जवरजस्ती मधुवनस्थित घरमा लगिएको अस्पतालले जनाएको छ ।

मलामीहरूको कन्ट्रयाक ट्रेसिङ गरी सबैलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गरिएको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।

Loading...