रुसका ५२ प्रतिशत चिकित्सकले खोप लगाउन मानेनन् : सर्वेक्षण

एजेन्सी, २ भदौ । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको ‘स्पुतनिक भि’ खोपको पहिलो ब्याच स्वास्थ्यकर्मीहरूलाई दिने योजना बनाएको छ ।

तर, रुसमै स्वतन्त्र रूपमा गरिएको एउटा जनमत सर्वेक्षणअनुसार खोपमा विश्वास नभएको भन्दै देशका करिब आधा चिकित्सकहरू खोप लगाउन तयार रहेका छैनन् ।

एक अनलाइन सर्वेक्षणका आधारमा दुई रुसी चिकित्सकहरूमध्ये देशभरका ५२ प्रतिशत डाक्टरले ‘स्पुतनिक भि’ खोपको प्रयोग नगर्ने बताएका छन् ।

नयाँ खोप प्रयोग नगर्ने ५२ प्रतिशत रुसी चिकित्सकहरूमध्ये ६६ प्रतिशतले खोपको प्रभावकारिता प्रमाणित गर्न अपर्याप्त डाटा रहेको बताएका छन् भने ४८ प्रतिशतले खोप एकदमै छिटो विकास भएको बताए । मस्को टाइम्सले जनाएअनुसार २४.५ प्रतिशत चिकित्सकहरूले मात्र खोप लिन तयार रहेका छन् ।

हालसालै रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पहिलो शट डाक्टरहरूले स्वैच्छिक आधारमा प्राप्त गर्ने जनाएका छन् ।

अगष्ट महिनाको अन्त्यसम्ममा उपलब्ध हुनेगरी रुसको स्वास्थ्य मन्त्रालयले पहिलो व्याचको खोपको उत्पादन भइसकेको जानकारी दिएकाे छ ।

Loading...