Rumpum

Rumpum Advertisement

पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम अमेरिकामा

पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम अमेरिकामा

विराटनगर, २ भदौ । पृथ्वीमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम अमेरिकामा मापन गरिएको छ ।

आइतबार अमेरिकी राष्ट्रिय मौसम सेवाले अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा ५४.४ डिग्री सेल्सीयस मापन गरिएको दाबी गरेको हो ।

त्यहाँ आगामी साता अझै तापक्रम बढ्ने अनुमान गरिएको छ । निकुञ्जमा कार्यरत ब्रान्डी स्टेवार्टले बाहिर हिँड्दा अनुहारमा केही हेयरड्रायर तातो फाले जस्तो वा चुलोभित्र हिँडे जस्तो हुने हुँदा एकदम पोल्ने बताउँछिन् ।

लगभग पाँच वर्ष उक्त ठाउँमा बसेर काम गरेकी ब्रान्डी अगस्टमा प्रचण्ड गर्मी हुने कारण घरभित्रै बस्छिन् ।

यसअघि सन् २०१३ मा त्यहाँ ५४ डिग्री सेल्सीअस मापन गरिएको थियो । एक शताब्दीअघि सन् १९१३मा डेथ भ्यालीमा ५६.६ डिग्री सेल्सीयस मापन भएको बताइन्छ । तर, त्यसले आधिकारिकता पाएको छैन ।

दुईदेखि तीन दिन लगातार ३२ डिग्री सेल्सीयसभन्दा बढी तापक्रम भएमा त्यसलाई प्रचण्ड गर्मी भनिन्छ ।

उच्च तापक्रमले मानिसहरूको शरीरमा पानी कम हुनेदेखि घातक असरसम्म पार्न सक्ने हुँदा अमेरिकी जनस्वास्थ्यविज्ञहरूका अनुसार अमेरिकामा मौसमका अरू कारणले भन्दा गर्मीले धेरै मानिसहरूको मृत्यु हुने गर्छ ।