टर्की गएपछि विवादमा आमिर खान

विराटनगर, २ भदौ । बलिउड अभिनेता आमिर खान अहिले विवादमा तानिएका छन् ।

टर्कीकी प्रथम महिला एमी अर्दोनानसँगा केही तस्बिरहरू सार्वजनिक भएपछि भारतमा अमिरको निकै आलोचना भइरहेको छ ।

१५ अगस्टमा टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोनानकी श्रीमती एमी अर्दोनानले ट्वीटरमार्फत आमिर र उनका केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन् ।

उनीहरू दुईबीचको भेटलाई भारतमा राजनीतिसँग जोडेर नकारात्मक तरिकाले हेरिएको छ।

कश्मीर मुद्दादेखि पाकिस्तानसम्मको मुद्दामा टर्की भारत विरोधी रहेकोले पनि आमिर खान र अर्दोनानको यो भेटलाई लिएर भारतमा खानको आलोचना भइरहेको जनाइएको छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ टर्कीको विभिन्न स्थानमा छायांकन हुने बताइएको छ ।

आमिरसँग निराश भएका थुप्रै प्रशंसकहरूले आमिर र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्डा’ को ट्रेलर सार्वजनिक भएपछि आलिया भट्टको ‘सडक २’ जस्तै डिसलाइक गर्न तयार रहेकोसमेत बताएका छन् ।

Loading...