बर्नेलीका गोलकिपर हार्ट टोटनह्याममा अनुबन्धित

एजेन्सी, २ भदौ । इंग्लिस क्लब बर्नेलीका गोलरक्षक जोय हार्ट टोटनह्याम हटस्परमा अनुबन्ध भएका छन् । टोटनह्यामले प्रतिद्वन्द्वी क्लब बर्नेलीबाट हार्टलाई फ्रिट्रान्सफरमा भित्र्याएको हो ।

टोटनह्यामले मंगलबार ३३ वर्षीय हार्टलाई अनुबन्ध गरेको आधिकारि जानकारी दिएको छ । ट्वीटरमार्फत टोटनह्यामले हार्टसँग २०२२ सम्मका लागि सम्झौता गरेको पुष्टि गरहेको हो ।

हार्ट म्यानचेस्टर सिटीबाट २०१८ मा बर्नेली आएका थिए ।

Loading...