नेपाललाई प्राथमिकतामा राखेर कोरोना भ्याक्सिन उपलब्ध गराउने रसियन राजदूतको प्रतिबद्धता

काठमाडौं, २ भदौ । नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग मंगलबार सिंहदरबारमा भएको भेटमा राजदूत नोभिकभले नेपाललाई प्राथमिकतामा राखेर कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।

‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्बरबाट विश्वबजारमा आउनेछ । नेपाललाई प्रथामिकतामा राखेर उपलब्ध गराउन सकिन्छ,’ उनले भने ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसद्वारा सफल परीक्षण भएको भ्याक्सिनले छिट्टै विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने विश्वास व्यक्त गरेका थिए ।

Loading...