लिग वानको उद्घाटन खेल स्थगित

लिग वानको उद्घाटन खेल स्थगित

एजेन्सी, २ भदौ । नयाँ सिजनको लिग वानअन्तर्गत उद्घाटन खेल स्थगित भएको छ । २०२०–२१ को सिजनअन्तर्गत पहिलो खेल स्थगित भएको हो ।

नयाँ सिजनको उद्घाटन खेलमा मार्सेइली र सेन्ट इटेन्नीले खेल्ने तय भएको थियो । तर, मार्सेइलीका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि साे खेल स्थगित भएको हो ।

नयाँ सिजनको लिग वान १२ सेप्टेम्बरबाट सुरु हुने तय भएको थियो । सो दिन मार्सेइली र सेन्ट इटेन्नीले खेल्ने तय थियो ।

तर, मार्सेइलीका चार जनामा कोरोना पोजिटिभ देखिएपछि नयाँ सिजनको पहिलो खेल स्थगित भएको हो ।

मार्सइलीले मंगलबार थप तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यद्यपि, उसले संक्रमितको पहिचान खुलाएकाे छैन ।

यससँगै मार्सेइलीमा संक्रमितको संख्या चार पुगेको छ । यसअघि उसका डिफेन्डर जोर्डन अमाभीमा संक्रमण पुष्टि भएको थियो ।