Rumpum

Rumpum Advertisement

विराटनगरमा थप ४२ प्रहरी कर्मचारीमा कोरोना संक्रमण

विराटनगरमा थप ४२ प्रहरी कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, २ भदौं । मंगलबार विराटनगरमा काेराेना संक्रमण पुष्टि भएका ९६ कोरोना संक्रमित ४२ जना प्रहरी कर्मचारी रहेको पाइएको छ ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार संक्रमण मंगलबार १० महिलासहित ४२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । साेमबार २ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

संक्रमित प्रहरी कर्मचारी प्रदेश प्रहरी कार्यालयसँगै रहेको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरका हुन ।

मंगलबार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ४२ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार बेलुका गणका दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी इश्वरबाबु कार्कीले प्रहरी कर्मचारीको कोरोना जाँचका लागि स्वाब संकलन गरिएपनि रिपोर्ट आएको जानकारी नभएको बताए ।

संक्रमणको आशंकामा गणलाई सिल गरिएको उनले बताए । ‘संक्रमण फैलन नदिन गणमा आउ जाँउ बन्द गरेका छौं ।’ उनले भने ‘ हिजो मात्र एकसय जनाको नमुना संकलन गरिएको छ ।’

उनका अनुसार प्रदेश १ मा ८७ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये प्रदेश प्रहरी कार्यालयमा कार्यरत ३८ जना हुन ।