कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

विराटनगर, २ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्यान ११४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको ब्रिफिङका क्रममा थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११४ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काभ्रे, नवलपरासी, माेरङ, धनुषा, बाँके र कास्कीका एक-एक जना पुरुष र तनुहँकी एक महिलाकाे काेराेनाबाट ज्यान गएकाे जानकारी दिए ।

यता, संक्रमितकाे संख्या २८ हजार २५७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितकाे संख्या १० हजार ५६३ रहेकाे छ । मंगलबार एकै दिन १ हजार १६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यता, नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ५८० पुगेको छ । कुल संक्रमितमध्ये ६२ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...