Rumpum

Rumpum Advertisement

आज थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २ भदौ । मंगलबार नेपालमा थप १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा १३ हजार ४६१ परीक्षणमा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितकाे संख्या १० हजार ५६३ रहेकाे छ ।

यता, नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ५८० पुगेको छ । कुल संक्रमितमध्ये ६२ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यसैगरी काेराेनाबाट ज्यान गुमाउनकाे संख्या ११४ पुगेकाे छ । मंगलबार थप ७ जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।