Rumpum

Rumpum Advertisement

कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५८० पुग्यो

कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५८० पुग्यो

विराटनगर, २ भदौ । मंगलबार नेपालमा थप ८५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज ८५ थप जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ५८० पुगेको छ । कुल संक्रमितमध्ये ६२ प्रतिशतले कोरोना जितेका हुन् ।

यता, संक्रमितकाे संख्या २८ हजार २५७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितकाे संख्या १० हजार ५६३ रहेकाे छ । मंगलबार एकै दिन १ हजार १६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

यसैगरी काेराेनाबाट ज्यान गुमाउनकाे संख्या ११४ पुगेकाे छ । मंगलबार थप ७ जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।