विराटनगरमा थप ९६ जनामा काेराेना संक्रमण, कुन वडामा कति ?

विराटनगर, २ भदौं । विराटनगरमा एकै दिन ९६ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३१ महिला र ६५ पुरुष गरी जम्मा ९६ जना कोरोना संक्रमित थपिएका हुन ।

संक्रमण पुष्टि भएमा मध्ये ४९ जनाको वडा खुलेको छैन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालका अनुसार विराटनगर १ मा एक जना, विराटनगर, २,३,५, ९ वडामा एक–एक जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै विराटनगर – ६ मा तीनजना, ७ मा दुई जना, वडा नम्बर ८ मा १२ जना, १० मा चारजना, ११ मा १२ जना, १२ मा पाँच जना र १४ मा दुई जना संक्रमित थपिएका छन् ।

त्यस्तै वडा नम्बर १५ र १६ मा एक एक जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६९१ पुगेको छ ।

मंगलबार प्रदेश १ मा १३९ संक्रमित थपिएका छन । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ सहित प्रदेश १ मा जम्मा १३९ संक्रमित थपिएका छन् । यो सँग हालसम्मकै उच्च हो । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

याे सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ छ ।

Loading...