Rumpum

Rumpum Advertisement

नेता गिरीको निधनमा कांग्रेसद्वारा दुःख ब्यक्त

नेता गिरीको निधनमा कांग्रेसद्वारा दुःख ब्यक्त

ललितपुर, २ साउन । कोरोना संक्रमित पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको निधन भएको छ । मंगलबार बिहान उपचारका क्रममा कांग्रेस नेता गिरीको निधन भएको हो ।

नवलपरासीको सुस्तापश्चिम घर भएका ३७ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे निधन भएको हो ।

गिरीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार एम्बुलेन्समार्फत पाटन अस्पताल ल्याइएको थियो । यसअघि गिरीको बुटलवमा पथ्थरीको अप्रेसन भएको थियो ।

अहिले गिरीको शव अस्पतालमै छ । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी गरेको अस्पताल स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसले स्वर्गीय गिरीको निधनले एक सफल व्यवसायी र पार्टी एक कुशल व्यक्तित्वलाई गुमाएको भन्दै दुस्ख व्यक्त गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय गिरीको आत्माको चीर शान्तिको कामना गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको शोक बक्तव्यमा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्वर्गीय गिरीले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख छ ।

यसैगरी नेपाली कांग्रेस शिक्षा विभागका सदस्य पर्सा जिल्ला निवासी प्रमोदकुमार गुप्ताको पनि आज निधन भएको छ । उनीप्रति पनि कांग्रेसले हार्दिक समवेदना प्रकट गरेको छ ।