‘मेस्सीले बार्सिलोना छोड्न सक्दैनन्’

एजेन्सी, २ भदौ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउका पूर्वकर्मचारी इमिली रौसाउदले लियोनल मेस्सीले स्पेन छोड्न नसक्ने बताएका छन् ।

क्लबको निराशाजनक नतिजाका कारण मेस्सीले बार्सिलोना छोड्ने चर्चा चलिरहँदा रौसाउद यस्तो बताएका हुन् ।

सन् २०१९–२० को सिजन सकिएसँगै बार्सिलोना आन्तरिक विवादबाट गुज्रिरहेको छ ।

यस सिजन उपाधिविहीन भए हुनु र प्रतिद्वन्द्वी क्लब रियल मड्रिडलाई ला लिगाको उपाधि सुम्पिनु, कोपा डेल रेको क्र्वाटरफाइनलबाटै बाहिरिनु तथा च्याम्पियन्स लिगमा लज्जास्पद हारका कारण बार्सिलोना तनावमा छ ।

यस्तैमा बार्सिलोनाका कप्तान मेस्सीले पनि क्लब छोड्ने चर्चा चलिरहेको छ । तर, रौसाउदले भने छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले क्लब छोड्न नसक्ने जनाएका छन् ।

‘मार्का’सँगको कुराकानीका क्रममा उनले भनेका छन्, ‘मेस्सीले बार्सिलोनाबाट बनाएका कीर्तिमानहरू कहिल्यै तोडिँदैनन् । उनले बार्सिलोना छोड्न सक्दैनन् । म कामना गर्छु कि मेस्सी बार्सिलोनामा लामो समय रहून्, फरक भूमिका पनि उनी बार्सिलोनामै रहून् ।’

Loading...