सुनको मूल्य फेरि बढ्यो

काठमाडौ, २ भदौ । केही दिनयता क्रमशः घट्दै गएको सुनको मूल्य मंगलबार पुनः दुई हजार २०० रुपैयाँले वृद्धि भई एक लाख रुपैयाँभन्दा माथि उक्लिएको छ ।

सोमबार छापावाल सुनको कारोबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा भएको थियो । तर, उच्च मूल्य वृद्धिसहित मंगलबार एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी चाँदीको मूल्य पनि मंगलबार ६५ रुपैयाँले वृद्धि भएको छ । योसँगै आज चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Loading...