Rumpum

Rumpum Advertisement

नोबेल मेडिकल कलेजका १८ जनामा कोरोना, पाँचजना डाक्टर

नोबेल मेडिकल कलेजका १८ जनामा कोरोना, पाँचजना डाक्टर

विराटनगर, २ भदौं । विराटनगरको नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित कर्मचारीकाे संख्या १८ पुगेको छ ।

मंगलबार थप चारजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ पुगेको हो ।

संक्रमितमध्ये पाँचजना कलेजका डाक्टर हुन । दुईजना प्रशासनका कर्मचारी, चारजना फार्मेसीका हुन । सातजना नर्स रहेकाे नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार मंगलबार एक डाक्टर, एक नर्स र दुई फार्मेसीका कर्मचारीलाई कोरोना संक्रमण भएको हो । संक्रमित दुई अस्पतालभित्र रहेको सुस्वास्थ्य फार्मेसीसँग अवद्ध छन् ।

अस्पतालले ५४८ जना कर्मचारीको स्वाब संकलन गरेको छ । तीमध्ये मंगलबारसम्म ३७५ जनाको स्वाब परीक्षण हुँदा १८ जनाको रिपोर्ट पोजेटिभ आएको दाहालले बताए । १७३ जनाको रिपोर्ट आउन बाँकी छ ।