जंगली च्याउ खाँदा एकै परिवारका दुई बालकको मृत्यु

प्यूठान, २ भदौ । प्यूठानमा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका दुई बालकको मृत्यु भएको छ । प्यूठानको नौ बहिनी गाउँपालिका–६ बाहनेका दुई बालकको मृत्यु भएको छ भने अन्य तीन जना बिरामी परेका छन् ।

बाहनेका ३३ वर्षीय विष्णु घर्तीका छोराहरू १३ वर्षीय सुगम र १५ वर्षीय सुरेशको जंगली च्याउ खाँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी विष्णुसहित उनकी ३० वर्षीया श्रीमती लीला र १७ वर्षीय छोरा शशी बिरामी परेका छन् ।

उनीहरूको अहिले प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्यूठान अस्पतालले जनाएको छ ।

Loading...