Rumpum

Rumpum Advertisement

रगतमा चिनीको मात्रा कम हुँदा देखिने लक्षणहरू

रगतमा चिनीको मात्रा कम हुँदा देखिने लक्षणहरू

विराटनगर, २ भदौ । रगतमा चिनीको मात्रा कम हुनुलाई मेडिकल टर्ममा हाइपोग्लाइसिमिया भनिन्छ ।

यो सामान्यतया मधुमेहका लागि लिने गरिएको औषधिको साइड इफेक्टको रूपमा देखा पर्छ । मधुमेह नभएका व्यक्तिमा रगत ग्लुकोजको सामान्य मात्रा ७० देखि १०० मिलिग्राम र डीएलसम्म हुन्छ । धेरै व्यक्तिहरूले रगतमा चिनीको मात्रा ५० मिलीग्राम र डीएलभन्दा कम हुँदा शरीरमा केही प्रभाव र लक्षणहरू महसुस गर्नेछन् ।

शरीरमा चिनीको मात्रा कम हुँदा नर्भस हुने, पसिना आउने, भोक लाग्ने, रिँगटा लाग्ने, बेहोस हुने, काँप्ने, कमजोरी महसुस गर्ने, मुटुको दरमा घडबढ हुने, बोल्न समस्या हुने, ध्यान केन्द्रित गर्न समस्या हुने, रिसाउने, व्यवहार वा व्यक्तित्वमा परिवर्तन आउने जस्ता लक्षण र संकेतहरू देखा पर्ने गर्छ । धेरै व्यक्तिहरूमा यी लक्षणहरू सजिलैसँग पहिचान गर्न सकिन्छ ।

औषधि वा इन्सुलिन लिइरहेका मधुमेह रोगीले हाइपोग्लाइसिमियाको यी लक्षणहरू अनुभव गर्छन् । धेरै मानिसहरूले रगतमा चिनीको मात्रा कम हुनेबित्तिकै सजिलैसँग लक्षणहरूको अनुभव गर्न सक्दैनन् । कुनै लक्षण देखिनुअघि रगतमा चिनीको मात्रा अत्यन्तै कम तहमा पुग्न सक्ने हुँदा यो खतरनाक हुन सक्छ ।

गम्भीर अवस्थामा भ्रम हुने, बेहोस हुने, व्यवहारमा परिवर्तन, कोमामा जाने तथा सिजर हुन सक्छ । रगतमा चिनीको मात्रा कम हुँदा सजिलैसँग चिनीयुक्त खाद्य पदार्थ खाएर चिनी भएको स्रोत प्रदान गरेर उपचार गर्न सकिन्छ । हाइपोग्लाइसिमियामा बिरामीले मुखले केही खान सक्दैनन् भने डाक्टरको परामर्शमा ग्लुकोजको एक इन्जेक्सन दिन सकिन्छ ।