Rumpum

Rumpum Advertisement

गण्डकी प्रदेशमा कोरोनाबाट थप दुईको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट थप दुईको मृत्यु

पोखरा, २ भदौ । कोरोना महामारीबाट गण्डकी प्रदेशमा थप दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँकी ५० वर्षीय महिला र पोखराका ८७ वर्षीष पुरुष रहेका छन् ।

कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः४० मा मृत्यु भएको हो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन ३२ गते उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोनाकै कारण मृत्यु भएको अस्पतालका निर्देशक सह. प्रा.डा. अर्जुन आचार्यले जनाकारी दिए ।

त्यस्तै हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्याबाट पीडित तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राति ११ः३५ मा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए । उनी पोखरा महानगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा उपचाररत थिइन् ।