Rumpum

Rumpum Advertisement

डब्ल्यूएचओले भन्योः कोरोना संक्रमण तीव्ररूपमा फैलाउनेमा २० देखि ४० वर्ष उमेर समूहका

डब्ल्यूएचओले भन्योः कोरोना संक्रमण तीव्ररूपमा फैलाउनेमा २० देखि ४० वर्ष उमेर समूहका

विराटनगर, २ भदौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युवा उमेर समूहको माध्यमबाट कोरोना भाइरस फैलिइरहेको बताएको छ ।

डब्ल्यूएचओका अनुसार उनीहरूमध्ये धेरैजसोलाई आफू संक्रमित भएको थाहा नभएका कारण २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूको कोरोना भाइरसको संक्रमण फैलाउन सबैभन्दा ठूलो हात रहेको छ । डब्ल्यूएचओका पश्चिम प्रशान्त क्षेत्रका निर्देशक डा. ताकेसी कासेइले व्यापकरुपमा कोरोना भाइरस फैलिइरहेको बताएका छन् ।

ती उमेर समूहका व्यक्तिहरूले आफू संक्रमित भएको जानकारी नहुन सक्ने हुँदा भाइरस थप गम्भीर तरिकाले फैलिरहेको उनको भनाइ छ । भाइरसका कारण दीर्घरोगी‚ वृद्धवृद्धा तथा ठूलो जनघनत्व भएका शहरमा बसोबास गर्ने मानिसहरू उच्च जोखिममा छन् ।

बच्चाहरूमा कोभिड संक्रमण बढिरहेका कारणले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले समेत केही दिनअघि मात्र स्वास्थ्य युवाहरूले संक्रमणको लक्षण नदेखाउने तथा अस्पताल भर्ना हुन नपर्ने हुँदा भाइरस धेरै फैलाउन सक्ने चेतावनी दिएको थियो ।