कोरोनाबाट नवलपरासी पश्चिमका कांग्रेस नेताको मृत्यु

नवलपरासी, २ भदौ । कोरोना भाइरसको संक्रमणबाट पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको मृत्यु भएको छ ।

उनको मंगलबार बिहान ६ बजे ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको सांसद देवेन्द्रराज कँडेलले जानकारी दिए ।

गिरी विजयकुमार गच्छदारको फोरमका जिल्ला नेता थिए । फोरम कांग्रेससँग मिसिएपछि उनी कांग्रेस उपसभापति भएका थिए ।

उनलाई गत शुक्रबार बुटवलबाट पाटन अस्पताल रिफर गरिएको थियो ।

सास फेर्न गाह्रो भएपछि उनलाई सोमबार भेन्टिलेटरमा राखिएको थियो । तर मंगलबार भने एकाएक उनको मुटुको धड्कनमा समस्या देखिएलगत्तै मृत्यु भयो ।

Loading...