म्याग्दीमा पहिरो जाँदा ठाडो खोला थुनियो

म्याग्दी, २ भदौ । म्याग्दीमा सोमबार बिहान पहिरो जाँदा ठाडो खोला थुनिँदा तीन गाउँका सयौ परिवार जोखिममा परेका छन् । मलंगा गाउँपालिका–५ अर्मनमा गएको पहिरोले हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको हो ।

सोमबार दिउँसो ४ः३० बजे अर्मनको पाखु सामुदायिक वनबाट पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेको छ । जोखिम भएको क्षेत्रका स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताए ।

वडाअध्यक्ष खत्रीले भने, ‘पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पु¥याउन सक्छ ।’

यसैबीच थुनिएको खोलाको अवस्था बुझ्न वडाअध्यक्षसहितको टोली पहिरो स्थलतर्फ गएको छ । पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले तल्लो क्षेत्रमा जोखिम बढेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

पहिरोस्थलमा बाबियाचौरबाट प्रहरीको टोलीसमेत प्रस्थान गरेको छ । खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । साविकको अवस्थामा पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई जोखिम रहेकाले सजग रहन अनुरोध गरिएको छ ।

Loading...