गर्भवती महिलाको हत्या, श्रीमान र सासु पक्राउ

सिरहा, २ भदौ । सिरहामा गर्भवती एक महिलाको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् र सासुलाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–१६ की १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षका पति धीरज दास र सासु ३५ वर्षकी राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतकका बुबा चन्दर दासले गर्भवती छोरीको कुटपिट गरी हत्या गरेको जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गत साउन २७ गते कुटपिट गरी हत्या गरेको उजुरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएका सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।

घिमिरेका अनुसार पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

Loading...