कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

बाँके, २ भदौ । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

फोक्सोमा निमोनिया भएर शिक्षण अस्पताल नेपालगञ्जमा उपचाररत एकजनाको गएराति मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

गए राति ११ः४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको श्रेष्ठले बताए । साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि उनलाई ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा सोमबार दिउँसो पोजेटिभको रिपोर्ट आएको थियो ।

बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Loading...