गृहमन्त्रीको स्कर्टिङ गर्न हिँडेको गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई युवती घाइते

काठमाडौ, २ भदौ । गृहमन्त्री रामबहादुर थापालाई लिन सिंहदरबारबाट हिँडेको स्कर्टिङको गाडीले स्कुटरलाई ठक्कर दिएको छ ।

नेपाल प्रहरीको बा१झ ५५९४ नम्बरको गाडीको ठक्करबाट दुई युवती घाइते भएका छन् ।

गृहमन्त्रीलाई लिन हिँडेको नेपाल प्रहरीको जीपले सिंहदरबारको पश्चिम गेटनजिक स्कुटरलाई ठक्कर दिएको हो ।

सिंहदरबारबाट मंगलबार बिहान साढे ९ बजे स्कर्टिङ टोली गृहमन्त्री निवासतर्फ लागेको थियो । सोही क्रममा पश्चिम गेटनजिक अगुवा जिपले स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

बा९४ प १०२५ स्कुटरमा सवार नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापालाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

Loading...