Rumpum

Rumpum Advertisement

रुसी खोपको तेस्रो चरणको मानवीय परीक्षण छिट्टै सुरु हुने

रुसी खोपको तेस्रो चरणको मानवीय परीक्षण छिट्टै सुरु हुने

विराटनगर, २ भदौ । कोरोना भाइरसविरुद्ध रुसले बनाएको खोपको तेस्रो चरणको मानवीय परीक्षण सुरु हुने भएको छ ।

खोपको तेस्रो चरणको मानवीय परीक्षण अबको ७ देखि १० दिनभित्र सुरु गरिने रुसी मिडियाहरूमा उल्लेख गरिएको छ । रुसको मस्को क्षेत्रमा हुने यो ट्रायलमा दसौं हजार व्यक्तिको संलग्नता रहने भएको छ । खोप उत्पादन गर्ने कम्पनी गेमालेया नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्जेन्डर गिन्ट्सबर्गले एकपटक खोप लाएपछि यसले कम्तीका दुई वर्षसम्म भाइरसबाट सुरक्षा प्रदान गर्ने बताएका हुन् ।

खोपको पहिलो र दोस्रो चरणको ट्रायल तीव्र गतिमा भएको र यी दुई प्रक्रियालाई दुई महिनाभित्र पूरा गरिएको थियो । सरकारले खोपको तेस्रो चरणको ट्रायल सुरुअघि नै मञ्जुरी दिएको थियो ।

गत हप्ता कोरोना संक्रमणको खोपलाई अनुमति दिएको रुसको स्पुतनिक भीले कोरोना भाइरसलाई नष्ट गरिदिने दावी गर्दै ३८ सेकेन्डको भिडियोसमेत सार्वजनिक गरेको थियो । तर, अमेरिका तथा युरोपलगायतका वैज्ञानिकले रुसले खोपमाथि गर्दै आएको दावीमा चिन्ता व्यक्त गरेका छन् ।