पुनर्कर्जाका लागि प्रस्ताव आह्वान

विराटनगर, २ भदौ । कोरानो सङ्क्रमणबाट प्रभावित उद्योग व्यवसायलाई पुनर्कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामार्फत प्रस्ताव आह्वान गरेको छ ।

कोराना सङ्क्रमणबाट बच्न गरिएको बन्दाबन्दीयता त्यसबाट धेरै र कम प्रभावित उद्योगलाई मध्यम र अति दुई वर्गमा छुट्याएर राष्ट्र बैङ्कले प्रस्ताव माग गरेको हो । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैङ्कले पुनर्कर्जाका लागि ग्राहक ऋणीले जुन बैङ्कबाट ऋण लिएको हो सोही बैङ्कको सोही शाखामा निवेदन दिनुपर्ने जनाएको छ । प्राप्त निवेदनहरू संलग्न गरी बैङ्कहरूले पुनर्कर्जाका लागि पेस गर्नसक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

पुनर्कर्जाका लागि बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि आगामी असोज १४ सम्म आवेदन बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैङ्कले ऋण उपलब्ध गराउन राष्ट्र बैङ्कले यसअघि सहज रूपमा पुनर्कर्जा प्रदानका लागि ‘नेपाल राष्ट्र बैङ्क पुनर्कर्जा कार्यविधि २०७७’ लागू गरिसकेको छ ।

कार्यविधि अनुसार एकमुष्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन माग गरेको हो ।

राष्ट्र बैङ्कले पुनर्कर्जाका लागि प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, पाँच करोड रुपियाँसम्मको विशेष र साधारण पुनर्कर्जा बैङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराउने जनाएको छ । प्रदान गरिने पुनर्कर्जाको ब्याज दर ३ देखि ५ प्रतिशतसम्म तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...