दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत्

विराटनगर, २ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा शतप्रतिशत नेपालीको घरका विद्युत् पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि सरकारले सन् २०२३ सम्म यो काम गर्ने लक्ष्य लिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको सोमबार आयोजित ३५औँ वार्षिकोत्सव समारोहलाई वेबिनारमार्फत सम्बोधन गर्दै उनले मुलुक विद्युत्मा आत्मनिर्भरतर्पm उन्मुख भइरहेकाले अब विद्युत् खपत बढाउनेतर्फ ध्यान केन्द्रित गरिरहेको पनि बताए । मन्त्री पुनले अबका दिनमा जलायशययुक्त जलविद्युत्मा लगानी आकर्षित गर्न प्राधिकरण लागि परेको र केही त्यस्ता केही ठूला आयोजना अगाडि बढाउने प्रक्रिया थालनी गरिसकिएको पनि
जानकारी दिए ।

उनले १० वर्षअघि भन्दा अहिलेको प्राधिकरणको अवस्थामा निकै ठूलो सकारात्मक परिवर्तन आएको चर्चा गर्दै एक्लो प्रतिस्पर्धामा हिँडिरहेको प्राधिकरणका अगाडि थुप्रै चुनौती रहेको पनि बताए । उनले प्राधिकरण वित्तीय रूपमा नाफा उन्मुख हुन थालेपछि उपभोक्ताको हितमा काम गर्न मासिक १० युनिटभन्दा कम खपत गर्ने करिब आठ लाख उपभोक्ताको महसुल छुट गरिएको र अन्य उपभोक्ताका लागि पनि महसुल कम गरिएको बताए ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विगत चार वर्षमा हासिल भएका उपलब्धिको चर्चा गर्दै चार वर्षअघिको लोडसेडिङ अहिले अन्त्य भएको, कर्मचारीलाई तलब खुवाउन नसक्ने वित्तीय अवस्थामा अहिले निकै सुधार भएको चर्चा गरे । उनले विद्युत् चुहावटलाई १५.२७ प्रतिशतमा झार्न सकिएको, ८६१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनालाई प्रसारण लाइनमा जोड्न सकिएको, ४२ लाख १८ हजार ग्राहकमा विद्युत् पु¥याउन सकिएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...