विश्वमा एक करोड ४७ लाख बढीले जिते कोरोना

विराटनगर, २ भदौ । विश्वमा संक्रमितमध्ये एक करोड ४७ लाख ७४ हजार तीन सय ६३ जनाले सफल उपचारपछि कोरोना जितेका छन् ।

दुई करोड २० लाख ३४ हजार चार सय ४० संक्रमित मध्ये दुई तिहाई बढीले कोरोना पराजित गरेका हुन् । एकै दिन विश्वमा एक लाख ८९ हजार चार सय १६ जना संक्रमित थपिएका छन् ।

कोरोनाका कारण सात लाख ७६ हजार आठ सय दुई जनाको मृत्यु भइसकेको छ । एकै दिन चार हजार २३ जनाले ज्यान गुमाए । ६४ लाख ८३ हजार दुई सय ७५ जना उपचाररत रहेकोमा ६२ हजार ३७ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा ५६ लाख १० हजार तीन सय ६१ संक्रमित मध्ये २४ लाख ६७ हजार ९९ जना कोरोना पराजित गरेर घर फर्कन सफल भएका छन् । एक लाख ७३ हजार छ सय ६२ जनाको मृत्यु भइसकेको छ ।

२४ लाख ६७ हजार ९९ जना उपचाररत रहेकोमा १७ हजार दुई सय दुई जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा ३३ लाख ६३ हजार दुई सय ३५ मध्ये २४ लाख ७८ हजार चार सय ९४ जनाले कोरोना जितेका छन् । सात लाख ७८ हजार ८७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को अवस्था गम्भीर छ ।

ब्राजिलमा एक लाख आठ हजार छ सय ५४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । एकै दिन २३ हजार ३८ संक्रमित थपिएका छन् ।

भारतमा २७ लाख एक हजार छ सय चार जना संक्रमितमध्ये १९ लाख ७६ हजार दुई सय ४८ जनाले कोरोना पराजित गरेका छन् । छ लाख ७३ हजार चार सय ३१ उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार दुई सय ८८ संक्रमित थपिएका छन् । हालसम्म ५१ हजार नौ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

Loading...