रगतमा चिनीको मात्रा कम गर्ने सबैभन्दा छिटो उपाय

विराटनगर, १ भदौ । रगतमा चिनीको मात्रा धेरै उच्च हुँदा समयमै उपचार नगरेमा यसले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ ।

रगतमा चिनीको मात्रा धैरै भएमा वा हाइपरग्लाइसेमिया हुँदा सुगरलाई अत्यधिक उच्चमा जान नदिइ स्तरलाई चाँडै सामान्य गर्न निकै महत्त्वपूर्ण हुन्छ ।

हाइपरग्लाइसीमियालाई परास्त गर्ने सबैभन्दा छिटो उपायहरूमध्ये एक इन्सुलिन लिनु हो । तर, रगतमा चिनीको मात्रा कम गर्न इन्सुलिनको प्रयोग गर्नुभन्दा पहिले डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ ।

द्रुत गतिमा इन्सुलिनले काम गर्ने हुदा यसको डोजको बारेमा डाक्टरसँग कुरा गरी मात्र यसको प्रयोग गर्नुपर्ने हुन्छ ।

साथै, इन्सुलिन लिएको १५ देखि ३० मिनेटपछि फेरि रगतमा चिनीको जाँच गर्नुपर्छ । हल्का व्यायामले धेरै मधुमेह बिरामीहरूको लागि शरीरमा रगतमा चिनीको मात्रा कम गर्न मद्दत पुर्‍याउँछ ।

रगत चिनीको स्तर उच्च स्तरमा पुगेको छ (२४० भन्दा बढी) र किटोन्स पिसाबमा फेला पर्न थल्यो भने व्यायामले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्न सक्छ ।

व्यायामले रगतमा चिनीको स्तरलाई कम गर्न सक्छ । साथै, मधुमेहलाई व्यवस्थापन गर्नका लागि नियमित रूपमा समय अवधिमा व्यायाम गर्नु महत्वपूर्ण हुन्छ ।

तर, विशेषगरी रगतमा चिनीको स्तर बढ्दा टाइप १ मधुमेह भएका व्यक्तिहरूले व्यायाम गर्नु हुँदैन । धेरै रिपोर्टहरूका अनुसार अधिक पानी पिउँदा पिसाब सहयताले शरीरको चिनी बाहिर निकाल्न मद्दत गर्छ ।

Loading...