Rumpum

Rumpum Advertisement

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित नेताका फोटोमा लाखौं कमेन्ट

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित नेताका फोटोमा लाखौं कमेन्ट

विराटनगर, १ भदौ ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा कमेन्ट गरिएको छ ।

प्रधानमन्त्री ओलीको फेसबुक पेजमा रहेको प्रोफाइल फोटोमा कमेन्टको बाढी नै आएको छ ।

प्रधानमन्त्री ओलीले सन् २०१६ मा राखेको फेसबुक पेजको प्रोफाइल फोटोमा ४ लाख बढीले कमेन्ट गरेका छन् । केही कमेन्ट पुराना भए पनि निर्मलाको न्यायको मागसहितका कमेन्ट बढ्ने क्रम जारी नै रहेको छ ।

प्रधानमन्त्री ओली लगायतका देशका विभिन्न नेताहरू, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, नेपाल प्रहरीको फेसबुक पेज, पत्रकार रबी लामिछाने तथा फेसबुकमा नाम चलेका धेरै पेजहरूमा समेत निर्मलाको न्यायको माग गर्दै नेपालमा डिजिटल आन्दोलनको अभियान चलाइएको छ ।

करिब २ वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला घरनजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । बलात्कारपछि हत्या भएको निर्मला पन्तको हालसम्म हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।