खेलकुदका सबै गतिविधि बन्द

खेलकुदका सबै गतिविधि बन्द

विराटनगर, १ भदौ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद गतिविधि बन्द गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै राखेपले अनिश्चितकालका लागि खेलकुद गतिविधि बन्द गरिएको जनाएको हो ।

कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै राखेपले अर्को सूचना नआएसम्मको लागि खेलकुद प्रतियोगिता, प्रशिक्षणलगायत सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको जनाएको हो ।

यसैगरी परिषद्बाट सम्पादन हुने अत्यन्त जरुरी कामबाहेक सबै कामहरूसमेत बन्द गरिएको राखेपले जनाएको छ ।