Rumpum

Rumpum Advertisement

बार्सिलोनाका समर्थकलाई इनियस्टाको यस्तो सन्देश

बार्सिलोनाका समर्थकलाई इनियस्टाको यस्तो सन्देश

एजेन्सी, १ भदौ । स्पेनिस स्टार आन्द्रेस इनियस्टाले पूर्वक्लब बार्सिलोनाका समर्थकहरूलाई सन्देश पठाएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै इनियस्टाले पछिल्ला नतिजाका कारण निराश बार्सिलोनाका समर्थकहरूलाई सन्देश पठाएका हुन् ।

पछिल्लो समय घरेलु लिग तथा च्याम्पियन्स लिगमा क्याटलान क्लबले पाएका असफलताका कारण बार्सिलोनाका समर्थक निराश छन् । २०१९–२० को सिजन उपाधिविहीन भएपछि बार्सिलोनामै पनि आन्तरिक विवादको चाङ अग्लो छ ।

अझ, च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँगको ८–२ गोलान्तरको लज्जास्पद हारपछि बार्सिलोनो प्रशिक्षकदेखि क्लबमै पनि ब्यापक परिवर्तन गर्ने योजना बनाएको छ । यस्तैमा पूर्वकप्तान इनियस्टाले आशावादी रहन भन्दै बार्सिलोनाका समर्थकलाई सन्देश पठाएका छन् ।

जापानको भिजेक कोबेबाट खेलिरहेका उनले बार्सिलोनाको मैदान क्याप नोउ र पूर्वटिमसँगको फोटो पोस्ट गर्दै इन्स्टाग्राममा लेखेका छन्, ‘विश्वकै सर्वोत्त्कृष्ट क्लब बनाउने अभियानमा हामी सधैं एकसाथ छौं ।’

३६ वर्षीय इनियस्टाले १६ वर्ष क्याप नोउबाट खेलेका थिए । २०१८ मा उनी जापानिज क्लब कोबे गएका हुन् ।