मास्क लगाउन अनिवार्य गरिएको भन्दै स्पेनमा विरोध प्रदर्शन, पीसीआर टेष्ट बन्द गर्न माग

काठमाडौं, १ भदाै । अनिवार्य रूपमा मास्क लगाउनुपर्नेलगायत कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाइएका प्रतिबन्धको विरोधमा स्पेनको राजधानी मड्रिडमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूले मास्क नलगाई कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू हटाउनु पर्ने माग गरेका छन् ।

पीसीआर बन्द गर्नुपर्ने, महामारीको अन्त्य हुनुपर्नेलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सर्वसाधारण सडकमा उत्रिएका हुन् ।

गत मे महिनामा नै स्पेनले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो । पछि त्यसलाई विस्तार गरेर देशैभरि घरबाहिर निस्कदा मास्क लगाउन अनिवार्य गरियो ।

सरकारले कोरोना नियन्त्रणका लागि सार्वजनिक स्थलमा धूम्रपान गर्न निषेध गरेको दुई दिनपछि आन्दोलन भएको हो । स्प्नले जुन महिनाको अन्त्यदेखि तीन महिना लकडाउन गरेर संक्रमण नियन्त्रणमा ल्याएको थियो ।

तर पछिल्लो समय संक्रमण पुनः देखिन थालेपछि प्रतिबन्धहरु कडाईका साथ पालना गर्न लगाइएको हो । स्पेनमा हालसम्म कोरोना संक्रमणका कारण २८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

Loading...