ज्याकलिनले लिइन् ३ वर्षका लागि दुई गाउँका नागरिकको हेरचाहको जिम्मा

विराटनगर, १ भदौ । अभिनेत्री ज्याकलिन फर्नान्डिजले ३ वर्षका लागि दुई गाउँका नागरिककाे हेरचारका जिम्मा लिएकी छन् ।

ज्याकलिनले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका पाथर्डी र सकुरा नाम गरेको दुई गाँउका १५ सय ५० नागरिकको हेरचाह गर्ने जिम्मा लिएकी हुन् ।

भारतीय मिडियामा उल्लेख गरिएअनुसार उनले अबको तीन वर्षसम्म त्यहाँका स्थानीयका लागि खाद्यान्‍नको व्यवस्था गर्ने छिन् ।

ज्याकिलनले ३ वर्षको समायावधिमा खाद्यान्‍न वितरण गर्नुका साथै गाउँका १ सय ५० महिलालाई नवजात शिशुहरूको हेरचाह गर्न, धेरैजसो कुपोषणबाट ग्रस्त रहेका बच्चाहरूका लागि पोषिलो खानाको व्यवस्था गर्ने बताएकी छन् । साथै, ती दुई गाउँमा जनचेतानामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने उनको भनाइ छ ।

२० परिवारको स्वास्थ्य ट्रयाक गरि कुपोषणबाट बच्‍न साधनहरू प्रदान गरिने, २० महिलालाई गर्भधारणदेखि बच्चा जन्मेपछि स्वास्थ्यको ख्याल राख्न र २० बालबालिकालाई कुपोषणको उपचार गराइने छ । त्यस्तै गाउँमा २० भान्सा र बगैंचा पनि स्थापना गरिने भएको छ ।

Loading...