तौल घटाउनको लागि घिउको सेवन फाइदाजनक

तौल घटाउनको लागि घिउको सेवन फाइदाजनक

विराटनगर, १ भदौ । अधिकांश मानिसहरुले तौल घटाउन सुरु गर्दा घिउको सेवन छोड्ने गर्छन् ।

तर, घिउले शरीरमा अतिरिक्त तौल बढाउनेभन्दा पनि शरीरको अनावश्यक तौलबाट छुट्कारा दिलाउन मद्दत गर्छ ।

aa

घिउमा भएको फ्याट्टी एसिड कम्पोजिसनलाई बुझ्नको लागि गरिएको अध्ययनले घिउ डिएचएको राम्रो स्रोत रहेको पत्ता लगाएको छ ।

डीएचए सबैभन्दा लोकप्रिय ओमेगा फ्याट्टी एसिड हो, जसले क्यान्सर, हृदयघात, इन्सुलिन प्रतिरोध, बाथ जस्ता केही रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ ।

घिउमा ओमेगा ३ फ्याट (डीएचए) र ओमेगा ६ (सीएलए) प्रशस्त मात्रामा हुने हुँदा तौल घटाउनका लागी यसले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ । ओमेगा ६ फ्याटले बोसो घटाउने देखाएको छ ।

घिउले फ्याट सेलहरूलाई सक्रिय बनाएर बोसोलाई ऊर्जामा परिवर्तन गर्न मद्दत गर्छ । घिउमा भएको आवश्यक एमिनो एसिडले बोसो कोषहरूको आकार घटाउन मद्दत गर्न सक्छ ।

यदि शरीरमा बोसो चाँडै जम्मा हुन्छ भने घिउ खानु लाभदायक हुन सक्छ । साथै, घिउमा भएको ओमेगा ३ फ्याट्टी एसिडले शरीरको अतिरिक्त तौल घटाउन मद्दत गर्छ ।

दैनिक एकदेखि दुई चम्चा घिउको सेवन गर्न सकिन्छ । तौल घटाउन खजिरहेका मानिसहरूलाई घिउ सेवन गर्न सल्लाह दिइन्छ ।

लगभग ९९.५ प्रतिशत फ्याट हुने भएका कारण परिमाण हेर्न आवश्यक हुने भएकाले २ चम्मचभन्दा बढी खानु हुँदैन ।